
पूर्णपुष्टि, जेठ १ गते ।
विश्व अनलाई तेक्वान्दो च्याम्पियनशिपमा नेपालका खेलाडी कमल श्रेष्ठले स्वर्ण जित्न सफल भएको छ । फ्रान्समा जारी विश्व अनलाइन तेक्वान्दोमा ३० वर्ष मुनिको विधामा कमलले स्वर्ण जित्न सफल भएको हो ।
सागका स्वर्ण पदक विजेता कमलले ७.६७ अंक ल्याएर अनलाई तेक्वान्दो च्याम्पियनशिपमा स्वर्ण जितेका हो । कमलले स्वर्ण जितेका छन् भने दोस्रो र तेस्रो स्थान पनि नेपाली खेलाडी नै जितेका छन् । जितबहादुर बोटे दोस्रो र पे्रमबहादुर लिम्बु तेस्रो भएको छ ।
महिला तर्फका नेपाली खेलाडी पार्वती गुरुङले ३० वर्ष मुनि समूहमा रजत जितेकी छन् ।
