Saturday, June 27News That Matters

काेराेना अपडेट/नेपाल : ७५ जिल्लामा फैलियो, संक्रमितको संख्या ८,६०५ पुग्यो

पूर्णपुष्टि, असार ७ ।

नेपालको ७७ मध्ये ७४ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङअनुसार ७४ जिल्लमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हिजोको पछिल्लो २४ घण्टामा ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाउनुभएको थियो । जस मध्ये ४९ जना महिला र २ सय ८२ जना पुरुष रहेका छन् ।

कुल संक्रमितको संख्या ८ हजार ६ सय ५ मध्ये ७ सय ५६ जना महिला र ७ हजार ८ सय ४९ जना पुरुष रहेका छन् । पुरुष र महिला संक्रमितको अवस्था करिब हाराहारीमा देखिएको छ ।

पिसिआर परिक्षण

नेपालमा हालसम्म कुल १ लाख ६९ हजार १ सय ६५ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १६ पीसीआर परिक्षण भएको छ । यस्तै आरडिटी विधिबाट आजसम्म कुल २ लाख ५२ हजार ३ सय परीक्षण भएको भने पछिल्लो २४ घण्टामा ४ हजार ४ सय २६ को आरडिटि परिक्षण भएको मञ्त्रालयले जनाएको छ ।

क्वारेन्टाइनमा बसाइ

नेपालका क्वारेन्टाइनहरुमा १ लाख २ हजार २ सय ४५ जना रहेको मञ्त्रालयले जनाएको छ । त्यस्तै कुल ७ हजार ५ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

नेपालमा निको

नेपालमा निको हुनेको संख्या १ हजार ५ सय ७८ पुगेको छ । जसमध्ये १ सय ४१ म्हिला र १ हजार ४ सय २७ पुरुष रहेका छन् । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १८ जना महिला र १ सय ५८ जना पुरुष सहित कुल १ सय ७६ जना निको भएर घर फर्किएका छन् ।

याे पनि पढ्नुहाेस्…

उदयपुरमा थपियो पाँचजना, अव कोरोना संक्रमितको संख्या ५२ पुग्यो

उदयपुरमा हिजाे बेलुका ५ जना कोरोना संक्रमित थपिएको छ । जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीका अनुसार  जिल्लाको उदयपुरगढी गाउँपालिकाका एक, ताप्ली गाउँपालिकाका १, कटारी नगरपालिकाका १ र त्रियुगा नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । उदयपुरबाट स्वाव नमुना संकलन गरी विराटनगरस्थित कोशी अस्पतालमा परिक्षण भएकोमा पाँचजनामा पुष्टि भएको हो । यो संगै उदयपुरमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।

ताप्लिमा पहिलोपटक कोरोना संक्रमित भेटिएको हो । यो संगै आठ वटा स्थानीय तह रहेको उदयपुरमा ५ वटा पालिकामा कोरोना देखिसकेको छ । अव लिम्चुङबुङ र रौतामाई गाउँपालिकामा मात्र हालसम्म देखिएको छैन । उदयपुरगढी र कटारीमा यसअघि नै एक÷एक जना भेटिएका थिए । सबैभन्दा पहिले त्रियुगा नगरपालिकाको भुल्केमा देखिएको थियो बेलका नगरपालिकामा ५ जना देखिसकेका छन् । जसमध्ये १ जना निको भएर फर्किसकेका छन् । चौदण्डीगढीमा एकजनामा देखिएकोमा निको भएर हिजो फर्किसकेका छन् ।

भुल्केमा ३२, गाइघाटमा १ र मोतिगडामा ८ जना गरी त्रियुगा नगरपालिकामा मात्र ४१ जनामा कोरोना देखिएको हो । जसमध्ये ३३ जना निको भएर फर्किसकेका छन् ।