
पूर्णपुिष्ट, असार ७ गते ।
गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाग्लुङ, पर्वत, तनहुँ र म्याग्दीमा गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बाग्लुङमा ९, म्याग्दीमा ४,पर्वतमा २ र तनहुँमा १ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ५ सय ४ पुगेको हो । उक्त संक्रमित मध्ये ४९ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

