
पूर्णपुष्टि, असार ७ गते ।
आज आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्नेछ ।
विहान १०ः५० बजेदेखि स्पर्श गर्नेछ भने दिउँसो १२ः३८ बजे मध्य र दिउँसो २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिले जनाएको छ । ३ घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने जनाईएको छ ।
वैज्ञानिक मूल्य मान्यता अनुसार सुरक्षित तरीकाले सबैले ग्रहण हेर्न सकिने पनि नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । आजको सूर्यग्रहण विश्वका केही भागबाट पुरै ढाके पनि नेपालबाट भने आधा ढाक्ने अर्थात् खण्डग्रास मात्र देखिने छ । नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रबाट भने ९८ प्रतिशतसम्म सूर्य ढाकेको देखिने जनाईएको छ ।
