
पूर्णपुष्टि, वैशाख १२ ।
उदयपुरको त्रियुगा नगरपालिका ६ को एउटा गाउँमा गाउँलेहरुले कोरोना संक्रमण विरुद्धको अभियान उदाहरणीयरुपमा सञ्चालन गरेका छन् । उनीहरुले बोझे, मोहनपुर, माटिखेर गाउँलाई समेटेर गाउँमै थन थर्मोमिटरले ज्वारो नाप्ने, कोरोना संक्रमणबारे जनचेतना दिने काम गरिरहेका छन् ।
घरेलु तथा साना उद्योग महासंघ उदयपुरसंगको व्यवस्थापन र स्थानीय युवाहरुको सक्रियतामा थालिएको कार्यले स्थानीय खुसी बनेका छन् । गाउँलेहरु र बटुवाहरु समेतलाई ज्वारो नाप्ने र कोरोनबारे सचेतना दिने गरेको घरेलु तथा साना उद्योग महासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले बताउनुभयो ।
गाउँलाई कोरोना संक्रमण हुनबाट बचाउन र लापरवाहीलाई रोक्न यस्ता अभियान थालिएको युवाहरुको भनाई छ । यस्तो कार्य थालिएपछि गाउँमा लापरवाहीपन हट्नुका साथै जाँडरक्सी खाएर होहल्ला गर्ने क्रम रोकिएको छ ।
गाउँभित्रै रहेको केके लाइम फ्याक्ट्रीले ज्वारो नाप्ने थर्मोगन र पिपिइसेट उपलब्ध गराएको हो । जसले फ्याक्ट्रीमा कार्यरत मजदुर र कर्मचारीको समेत विरामीको अवस्था जाँच भईरहेको छ । देशमा विपत्ती परेको बेला समस्या समाधानमा सरकारकै मुख ताक्नु नपर्ने कुरा उनीहरुले देखाएका छन् ।
तस्विरहरू :

