
उदयपुर, बैशाख १२ ।
जिल्लामा पिपिइ सेट (व्यक्तिगत सुरक्षा सामग्री) को अभाव भइरहेको बेला वर्ल्डभिजन ईन्टरनेशनल नेपालले जिल्ला विपद् व्यावस्थापन समिति उदयपुरलाई ३० सेट हस्तान्तरण गरेको छ ।
वल्र्डभिजनले शुक्रबार ज्वरो नाप्ने चारवटा थर्मोमिटर गनसहित ३० थान पिपिइ सेट विपद् समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिपक पहाडीलाई हस्तान्तरण गरेको हो ।
कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा न्युनिकरणको लागी थप सहयोग पु¥याउने लक्ष्यका साथ ६ लाख १५ हजार ६९ रुपैया बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको वल्र्डभिजनका प्रतिनिधि अजयकुमार साहले बताउनुभयो । वल्र्डभिजनको सहयोगमा त्यसका जिल्ला साझेदार संस्थाहरु हुरेन्डेक, जाल्पा एकिकृत विकास समाज र नेस्पेक उदयपुरको समन्वय र सहकार्यमा सामग्री हस्तान्तरण भएको हो । । जिल्ला प्रशासन कार्यालय परिषरमै सामान हस्तान्तरण भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियार, सुरक्षा प्रमुखहरु, पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का र गैर सरकारी संस्था महासंघ उदयपुरका अध्यक्ष सुमन परियार लगायतको उपस्थिति थियो ।
तस्विरहरू :

