
पूर्णपुष्टि, बैशाख १२ गते ।
जनकपुरको मस्जिद र मदरसाहरुको प्रशासनले अनुगमन गरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौतलाको नेतृत्वमा संयुक्त सुरक्षा टोलीले जनकपुरधाम नगर भित्रका दर्जनौ मस्जिद र मदरसाहरुको अनुगमन गरेको हो ।
कोरोना संक्रमितहरु मस्जिद र मदरसामा लुकेको चर्चा चलिरहेको अवस्थामा प्रशासन र मुस्लिम समुदायका अगुवाहरूसँगको समन्वयमा अनुगमन गरेको थियो । नगर क्षेत्र भएका मस्जिदहरुको अवस्था र त्याहा बसेका व्यक्तिहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रशासनले जनाएको छ ।
अनुगमनको क्रममा मस्जिदहरुमा नवाज पढ्दा पनि सामाजिक दूरी कायम गरिएको पाईएको प्रशासनले जनाएको छ ।
उदयपुरको मस्जिदमा रहेकाहरुमा कारोना पोजिटिभ देखिएपछि अहिले देशभरका मस्जिद र मदरसामा अनुगमन थालिएको छ ।
