आइतवार, भदौ २३, २०८१
Sunday, September 8, 2024

“किराँत प्रदेश” नामाकरणको माग

पूर्णपुष्टि/गाईघाट, फागुन १० गते

-किराँत राई विद्यार्थी संघ उदयपुरले प्रदेश नं. १ को नामाकरण किराँत प्रदेश हुनुपर्ने माग गरेको छ ।
फागुन १२ गते हुने किराँत राई विद्यार्थी संघको सातौं जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा सुक्रबार गाईघाट चौकमा दिपावली गर्दै  विद्यार्थीहरुले किराँत समुदायको सहअस्तित्व र जातीय सद्भाव र सम्मानका लागि यस्तो माग गरेको जनाएको छ ।

प्रदेश नं. १ को नामाकारणमा राजनीतिक दलहरु अड्किरहेको अवस्थामा किराँत राज्य नामाकरण गरेर ऐतिहासिक योगदानको कदर गर्न जोडदार माग गरेका छन् ।

संघकी केन्द्रिय अध्यक्ष विर्सिका राईको प्रमुख आतिथ्यमा हुने जिल्ला सम्मेलनको भब्य तयारी रहेको पनि संघका जिल्ला सचिव तथा केन्द्रिय सदस्य देवराज राईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0