Tuesday, January 14News That Matters

चाम्लीङ राई संस्कार सम्बन्धि प्रशिक्षण सम्पन्न

 

उदयपुर फागुन ११

उदयपुरको गाईघाटमा किरात राई चाम्लिङ परम्परागत संस्कार सम्बन्धि २ दिने तालिम शनिवार सम्पन्न भएको छ । भाषा संस्कृती लोप भए सँगै संस्कारहरु समेत लोपन्मुख हुने अवस्थामा चाम्लीङहरुको अस्तीत्वनै हराउने भन्दै प्रशिक्षण कार्यक्रमको आयोजना गरेको किरात राई प्रारम्भीक कमिटी गाईघाटका अध्यक्ष प्रकाश राईले बताउनुभयो ।

भाषा, संस्कृती बिज्ञहरुलाई बोलाई  प्रशिक्षण गरिएको थियो । गाईघाट स्थित साकेला भवनमा आयोजित प्रशिक्षण कार्यक्रममा जिल्ला भरीका चाम्लीङ राईहरुको प्रतिनिधित्व रहेको थियो । बिभिन्न प्रारम्भीक कमिटी बाट प्रतिनिधित्व गर्दै करिब सय जनाले कार्यक्रममा सहभागी जनाएको थियो ।

चाम्लीङ राईजातीमा गर्वमा बसेदेखी जन्मेर मर्दासम्मको बिधि र संस्कारबारे तालिम दिएको थियो । बिशेषगरी जन्मदा न्वरान गर्ने बिधि, बिहेको रिति र मर्दाको संस्कारबारे सिकाईएको थियो । साथै उधौली ,उभौली पितृ, पुजा, सिकारी पुजा लगाएतको बारेमा सिकाईएको थियो ।

 

त्रियुगा नगरपालिको मेयर बलदेव चौधरीले उद्घाटन गरेको उक्त तालिमबाट सिकेको कुरालाई गाउँगाउँसम्म फैलाउने सहभागीहरुले बताएको छ ।

त्रियुगा नगरपालिकाको सहयोगमा पहिलो पटक आयोजना भएको उक्त कार्यक्रम प्रभावकारी ढंगले सम्पन्न भएको आयोजकले जनाएको छ । चाम्लीङ राई संस्कार बिज्ञ बयान सिंङ राई र गडुलमान राईले प्रशिक्षण दिएका थिए ।