
पूर्णपुष्टि, १४ असोज ।
किरात राई पत्रकार संघ उदयपुरले सरसफाई र बृक्षा रोपन गरेको छ । संघको १६ औँ स्थापना दिवसको अवसरमा गाईघाट स्थित नेपाल पत्रकार माहासंघ उदयपुर शाखाको भवन परिसरमा सरसफाई सँगै फुल रोपेर हारावारा बनाउने कार्य भएको हो । देशैभरी रहेका किरात पत्रकार संघ जिल्ला कार्यसमितिहरुले बिबिध कार्यक्रम गरी स्थापना दिवस यधुमधाम मनाएको हो । केन्द्रमा भने पुरस्कार प्रदान र शुभकामना आदान प्रदान गरी दिवस मनाईएको छ । सरसफाई कार्यक्रममा अग्रज पत्रकार महेश्वर चाम्लिङ, संघ पूर्व केन्द्रीय उपाध्यक्ष भोटराज राई, फोनिज जिल्ला अध्यक्ष इश्वर वलम्पाकी र माहासंघका सहसचि देवराज राई लगायत ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।