
मानिसलाई विरामी बनाउने भाइरस अन्य समयमा भन्दा विहानको समयमा सक्रिय हुने एक अध्ययनले देखाएको छ ।
भाईरसको संक्रमण अन्य समयको तुलनामा विहान १० गुणा बढी सक्रिय हुने युनिभर्सिटी अफ क्याम्ब्रिजको अध्ययनले देखाएको हो ।
मुसामा गरिएको एक अध्ययनले शरिरमा जैबिक घडीको नकारात्मक असरले जोखिम बढ्ने उल्लेख गरेको छ । भने अनुसन्धानकर्ताहरुले अध्ययनपछि भाइरसको महामारी रोक्न नयाँ उपाय प्रदान हुने विश्वास गरेका छन् ।
एक अध्ययनमा साँझ भन्दा विहान इन्फ्लुयन्जा संक्रम १० गुणा बढी भाइरसको मात्रा देखिएको अध्ययन टोली सदस्य अखिलेश रेड्डीले बताए ।
अध्ययन अनसार भाईरसलाई पनि उचित समय विना गतिशिल हुन नसक्ने देखाएको छ । अरुबेला भन्दो बिहान भाइरसले शरिरलाई छिट्टै नियन्त्रणमा लिने अध्ययनले देखाएको छ ।
अनुसन्धानकर्ताहरुले जैबिक घडी परिवर्तनको अर्थ भने शरिरले भाइरसलाई प्रोत्साहन गर्नु भनिएको छ ।
सिफ्टमा राती काम गर्नेको शरिरको जैविक घडी विथोलिने हुनाले यस्ता व्यक्तिलाई भाइरस रोगको जोखिम बढ्ने वैज्ञानिक र्याचल इडगारले बताए ।
उक्त अध्ययनमा अनुसन्धानकर्ताहरुले दुई ओटा भाइरसको प्रयोग गरेका थिए ।