
पूर्णपुष्टि,फागुन ३
कुवेदमा काम लगाइदिने भनि दलालको एक समुहले झुक्याएर भारतबाट मलेसिया हुँदै श्रीलंका लगी एक महिलाललई बेचबिखन गरेको पाइएको छ । पीडित महिलाले १० महिनाको जेल जीवन बिताएपछि नेपाल फर्किएर उजुरी दिएपछि यसरी मानव बेचबिखनको घटना बाहिरिएको हो ।
महिलालाई कुवेतमा घरायसी काममा लगाइदिने र त्यबाट तलब पाउने लोभ देखाएर
कुवेतमा घरायसी काममा लगाइदिने र त्यसबाट आकर्षक तलब पाउने लोभ देखाएर श्रीलंका लगी मानव बेचबिखन गरेको आरोपमा बेचबिखनमा संलग्न गिरोहमध्ये एक जनालाई पक्राउ गर्न सफल भएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरीले जनाएको छ । बर्दिया स्थायी घर भई हाल पर्वत बस्दै आएका ३६ वर्षीय खेमबहादुर सुवेदी पक्राउ परेका हुन् ।
ब्यूरोबाट खटिएको प्रहरी टोलीले पर्वतको कुस्मामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ । गिरोहले पीडितको राहदानीसमेत आफ्नै खर्चमा बनाएर प्रलोभनमा पारेका थिए । सुवेदीले नेपालको विमानस्थलबाट जान नमिल्ने भन्दै भारतबाट मलेसिया हुँदै श्रीलंका पुर्याएको अनुसन्धानमा खुल्न आएको छ ।
श्रीलंका पुगेपछि नागरिक स्थानीय सिराक खान र आलिक खानले बन्धक बनाइराखेको अवस्थामा प्रहरी आई जाँच गर्दा भिषा नभएको पाइएपछि १० महिना जेल बस्नु परेको पीडितले बताएको छ ।
नेपाली राजदूतावास र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसमेतको सहयोगमा विसं २०७७ मङ्सिर ३० मा नेपाल फर्कन सफल हुनुभएको थियो । सुवेदीलाई आवश्यक अनुसन्धानका लागि काठमाण्डौ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको तथा अन्य फरार प्रतिवादीको खोजी कार्य जारी रहेको ब्यूरोले आज सूचनामार्फत जनाएको छ ।
