Friday, May 22News That Matters

कुवेतले ८ ओभरमा ६ विकेट गुमायो

पूर्णपुष्टि, बैशाख १६ । एसीसी मेन्स प्रिमियर लिगको सेमिफाईनलमा नेपालले दिएको २८२ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभरमा ६ विकेट गुमाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कुवेतविरुद्ध बलिङ गरेको नेपालको लागी करन केसी एक्लैले ५ लिएका छन् भने सोमपाल कामीले एक विकेट लिए ।

केसीले ०.४ ओभरमा रन बिहिन बनाउँदै अड्नान एड्रिसको विकेट लिएका थिए भने त्यसपछि बलिङ गर्न आएका सोमपाल कामीले १.२ ओभरमा पर्विन्दर कुमारको विकेट लिएका हुन् । उनको एलबिडब्लुमार्फत विकेट लिइएको हो ।

तेस्रो ओभरमा बलिङ गर्न आएका करण केसीले मिट भास्वरलाई ललित राजवंशीबाट क्याच गराए । केसीले ६.३ ओभरमा सिराज खानको चौथो विकेट लिए भने आठौं ओभरमा मोहम्मद आस्लमको पाँचौं विकेट लिएका हुन् । कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्र बनाएको छ । अहिले पानी परेकाले खेल रोकिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुवेत सामु २८१ लक्ष्य प्रस्तुत गरेकोमा डिएलएस मेथडबाट २८१ रन लक्ष्य राखिएको थियो। नेपालका लागी कप्तान रोहित पैडेलले उत्कृष्ट प्रदर्शन गर्दै ९४ बलमा ७ चौका र ३ छक्का सहित ९५ रन जोडेर आउट भएका थिए । कुशल मल्लले पनि अर्धशतक प्रहार गर्न सफल भए । कुशलले ४४ बलमा समान ४ चौका र ४ छक्का प्रहार गर्दै ५७ रन जोडे। ओपनरद्वय कुशल भुर्तेलले ४३ रन र आसिफ शेखले ३१ रन जोडे। दुईबीच १०.५ ओभरमा ७७ रनको साझेदारी भयो।

भीम सार्की १ रनमा आउट भए भने आरिफ शेख १९ रनमा रनआउट भए। सन्दीप लामिछानले ५ रनमै आउट भए । करण केसी ६ बलमा ७ रन जोडेर आउट हुँदा सोमपाल कामीले नटआउट १३ रन र ललित राजवंशीले नटआउट २ रन जोडे ।