
उदयपुर, चैत्र/२९
त्रियुगा नगरपालिका कृषि विकास शाखा उदयपुरले नगरका व्यवसायीक कृषकहरुलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी ५० प्रतिशत छुटमा प्राविधिक तथा यान्त्रिकरण मेशिनहरु वितरण गरेको छ ।
शाखाले ३० ओटा मिनिटिलर ( हाते ट्याक्टर ) ८ ओटा ठेसर ( धान झाँट्ने मेशिन ) र १ ओटा ब्रष्टकटर (धान काट्ने मेशिन )उपलब्ध गरेको त्रियुगा नगरपालिका कृषि विकास शाखाका साहयक प्राविधिक सोम दनुवारले बताए ।
व्यवसायी रुपमा रहेका कृषकहरुको समय र जनशक्तिलाई मध्यनजर गर्दै छिटो छरितो र सरल तरिकाबाट कृषिमा जोड गर्न प्रविधिक मेशिनको उपलब्ध गराएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए ।
समय अनुसारको प्रविधिले मात्रै कृषि क्रान्ति गर्न सकिने र कृषि पेशा व्यवसाय बन्दै जाने कुरमामा पनि मेयर चौधरीले कृषकहरुलाई जानकारी गराए ।
त्यस्तै त्रियुगा नगरपालिकाका उपप्रमुख देवि चौधरीले पनि कृषकहरुका े मर्म र आवश्यकतालाई बुझेर मेशिन वितरण गरेको बताईन् । उदयपुरमा थुप्रै कृषकहरु रहेका कारण सबैलाई पुराउने उदेश्यले सौउलेत रुपमा नसके पनि ५० प्रतिशत छुटमा भएपनि प्राविधिक मेशिनहरु उपलब्ध गराएको उनीले बताईन् ।
यस्तै गरी कृषि ज्ञान केन्द्रका प्रमुख सरोज कान्त अधिकारीले उदयपुरबाट यस्ता उदाहरणीय काम भईरहेको कुरामा सबैलाई सुचित गराउन संञ्चारलाई आग्रह गर्दै अन्य क्षेहरुमा पनि यसको व्यापक कार्य गराउन जोड गरेकाछन् ।
अधिकारीले यसरी एक ठाउँको कामलाई अर्कोले पनि प्रयोग गरेमा एकदिन देशका सबै कृषकहरुलाई यसरीनै सुविधा मिल्ने र देशव्यापी रुपमै कृषि व्यवसायी सफल हुनेमा जोड दिएका छन् ।
त्रियुगा नगरपालिका कृषि विकास शाखाका प्रमुख नाथुराम चौधरीले कृषि औजार वितरण पछि कृषहरुलाई ठुलो राहत मिल्ने बताए । चौधरीले सबै काम मान्छेले नै गर्नु पर्दा धरै समयमा कम उत्पादन हुनाले कृषि व्यवसायीमा समस्या रहेको बताए ।
उनले अव छिटो छरितो र सरल तरिकाले मेशिनको प्रयोगमा समयको बचत कम खर्च र उत्पादनमा विद्धि हुनेमा जोड गर्दै औजार वितरण गरेको बताए ।
कृषि पेशा उसै पनि कष्ठ मेहनत गर्नु पर्ने अवस्थामाका कृषहरुले औजार पाएपछि खुसि व्यक्त गरेको छ । धरै खर्छ धरै समय लगाएर उत्पादन गर्नु पर्ने अवस्थामा छिटो र सरल तहबाट सोचे जस्तै उत्पादन गर्नेमा विश्वासनीय रहेको कृषकहरुले बताएका छन् ।