Monday, November 11News That Matters
२६ कार्तिक २०८१, सोमबार

कृषक समुह महासंघद्वारा अनुगमन

बिक्रम राई/गाईघाट, पुस, ५ गते ।

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, उदयपुरको आयोजनामा बेलका नगरपालिका स्थित बिभिन्न वडाहरुमा कृषि अनुगमन भएको छ ।

नगरपालिकाको ८, ३, र २ वडाहरुमा कृषिमा दिइएका अनुदान, प्राविधिक सेवा र तालिमहरुको उपयोगहरुलाई बिषेश प्राथामिकतामा राखी महासंघले गतसाताको शुक्रबार अनुगमन कार्यक्रम गरेको हो । जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियार, बेलका नगरपालिकाका मेयर तथा उपमेयर, कृषि विकास कार्यलय, जिल्ला पशु सेवा कार्यलय, महिला तथा वालवालिका कार्यलय, केयर नेपालका प्रतिनिधि र पत्रकारहरुसमेतको सहभागितामा अनुगमन भएको हो ।

अन्य बिकासको क्षेत्र सँगै कृषि विकासमा सबैको भुमिकाको बारेमा समेत छलफल भएको अनुगमनमा कृषकहरुलाई कृषिकर्मबाट आत्मानिर्भर कसरी बनाउन सकिन्छ भन्ने हेतुले भएका काम, गतिविधिको अनुगमन भएको थियो । कृषकहरुलाई सेवा सुविधाको दृष्टीले कृषि बजेट, कृषि योजना, कृषि सम्भावना अध्ययन र कृषकहरुलाई उत्पादनमा बृद्वि गर्न सेवा सुविधा बढाउनु पर्नेमा जोड दिइएको थियो ।

आत्मानिर्भर तथा आर्थिक विकास स्रोतको सम्भावनाको पहिलो क्षेत्रमा रहेको कृषि क्षेत्र सेवा सुविधा आवश्यक सिप तालिम र अनुदानहरु कृषकहरुले पाउन थाले पछि पहिलेको भन्दा केही प्रगति भएको देखिए पनि पूर्णरुपमा यसको प्रगति नभई सकेको बताईएको छ । विकासको मुहान फुटाउने उदेश्यमा भएको स्थानीय तहको चुनाब र पुनसंरचना पछिको अवस्थामा कृषि बजेट पर्याप्त बढाउनुपर्नेमा कृषकहरुको माग रह्यो ।

जिल्ला परियोजना अधिकृत देवि थापा मगरका अनुसार अन्य क्षेत्रको बिकास सँगै कृषि पनि एक महत्पुर्ण विकासको क्षेत्रमा पर्ने भएकोले आर्थिक विकास, रोजगार र आत्मानिर्भरताका लागि कृषिलाई अगाडी बढाउन माग आएकोछ । जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियारले सफल कृषकहरुले गरेको प्रगतिलाई अनुगमन गर्दै अझै यसलाई दोब्बर बनाउन पर्नेमा जोड दिनुभएको छ । उहाँले सानो लगानीबाट सामुहिक कृषिमा सफल हुने हिमालय महिला कृषक समुह, प्रगति चेतना समुह र कोशिका कृषक समुहका सफल कृषकहरुलाई हौसाला प्रदान गर्दै आफ्नो तर्फबाट पनि बिभिन्न सेवा सुविधामा पहल गर्ने बचान दिनुभयो ।

कृषकहरुलाई कृषि व्यवसायमा निरन्तरता दिन र सम्बन्धित निकाकायका संघ संस्थाहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो । बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले कृषिमा बजेट छुट्टाएको बताउनु भएको छ । उहाँले बेलका नगरपालिका कृषिमा निकै सम्भावना बोकेको क्षेत्र रहेको बताउँदै यो बर्ष कृषि विकासका लागि नगरपालिकाले निकै बजेट छुटाएको बताउनुभयो ।

बजेट छुट्टिसकेको तर वडाहरुमा टोल सुधार समितिको नेतृत्वमा बजेट बितरण गर्ने व्यवस्था तयार हुदै गरेको बताउनु भयो । उहाँले बेलका नगरपालिकालाई कृषि क्षेत्रमा सबै भन्दा नमुना नगरपालिका बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0