
पूर्णपुष्टि, साउन २८ ।
उदयपुरकाे चौदण्डीगढी नगरपालिकाका पहिलो संयुक्त गठवन्धनको चार भातृसंगठनहरुले कृसला चाैधरीकाे हत्यारा चाँडाे पत्ता लगाउन दवाव दिदै प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल महिला संघ चौ. न. पा नगर समितिका सभापति बिना कुमारी राई, महिला अ. ने मा. संघ चौ. न. पा. नगर समिति अध्यक्ष रञ्जना पराजुलि, अ. ने. मा. संघ केन्द्रिय समिति सदस्य चुना थापा मगर र समाजवादी महिला संघ केन्द्रिय समिति सदस्य उर्मिला राईको नेतृत्वकाे टोलीले आज जिल्ला प्रशासन कार्यालय उदयपुर अगाडि “महिला अधिकार मानव अधिकार, अपराधिलाई सर्वाजनिक गर, अपराधिलाई फाँसि दे र बलत्कारीलाई मृत्युदण्डको निति ले ” जस्ता नाराहरु लगाई करिब १ घण्टा धर्ना दिदै साहयक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा सत्य तथ्य र निश्पक्ष छानविन गरि अपराधिलाई यथासिघ्र कानुनको कठघरामा उभ्याई चाँडो भन्दा चाँडो हदैसम्मको कारबाहि गर्न माग गरिएको छ ।
गत साउन १३ गते घरबाट बेपत्ता भएकी किशाेरीकाे शब गाउ नजिकैकाे जंगलमा सामान्य पुरिएकाे अबस्थामा भेटिएकाे थियाे । त्रियुगा नपा-६ कि १७ वर्षिया किशाेरीकाे बलात्कारपछि हत्याकाे आशंका गरिएकाे छ । उनकाे गाउँ नजिकैकाे जलजले रातमाटे जंगलमा शव फेला परेकाे थियाे । घटनाकाे प्रहरीले अनुसन्धान गरिरहेकाे जनाएकाे छ । घटनाकाे सत्यतथ्य पत्ता लाउन ढिलाई भईरहेकाे छ । 
