Saturday, June 20News That Matters

भरुवा बन्दुकसहित एक पक्राउ

पूर्णपुष्टि, साउन २९

सुनसरी बराहक्षेत्र नगरपालिका–१ का ६३ वर्षीय बरम बहादुर राईलाई एक थान भरुवा बन्दुकसहित पक्राउ परेको छ । गत २६ गते राईले बाँदरलाई गोली हान्दा उनकै नाती १३ वर्षीय अभिषेक राईलाई छर्राले लागी घाईते भई उपचारको लागी घोपा धरान लगेको भन्ने सुचनाको आधारमा प्रहरी टोलीले उनलाई खोजतलास गरिरहेको थियो । खोजतलासकै क्रममा हिजो जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले राईलाई विराटनगरबाट पक्राउ गरि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर बुझाएको हो ।

पक्राउ परेका राईको घर कोठा भित्र आज प्रहरी टोली खटि गई लुकाई छिपाई राखेको एक नाल भरुवा बन्दुक समेत बरामद गरेको छ । उनलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ज्यान मार्ने उद्योग र हातहतियार मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।