
पूर्णपुष्टि, साउन २९
उदयपुरमा आज (शुक्रबार) थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार २२ पुरुष र १५ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या ३ हजार २७६ जना पुगेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरु त्रियुगा, बेलका, चौदण्डीगढी र कटारी नगरपालिकाका साथै लिम्चुङबुङ गाउँपालिकाका रहेका छन् । त्रियुगामा ५ पुरुष र ७ महिला गरी १२ जना, बेलकामा ५ पुरुष र १ महिला गरी ६ जना, चौदण्डीगढीमा, ६ पुरुष र ३ महिला गरी ९ जना, कटारीमा, ४ पुरुष र ४ महिला गरी ८ जना र लिम्चुङबुङमा २ पुरुषमा संक्रमण देखिएको हो ।
कारोनालाई जितेर थप ३१ जना घरफर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार ५७६ पुरुष र १ हजार ३३२ महिला गरी २ हजार ८९९ जना पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १४६ पुरुष र १२७ महिला गरी २७३ जना रहेका छन् । हाल जिल्लामा कोरोनाबाट ३६ पुरुष र १६ महिला गरी ५२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
