Friday, October 4News That Matters

के भन्छन, उदयपुरका मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्मा ? (भिडियोसहित)

पूर्णपुष्टि, कात्तिक ९ गते ।

गाईघाट–नेपाल सरकारको तर्फबाट निर्बाचन सम्पन्न गर्ने र न्याय परिषद, सर्बोच्च अदालतको तर्फबाट न्याय सम्पादन गर्ने दुई मुख्य जिम्मेवारी रहेको भन्दै उदयपुरका मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले सबैसंग सहयोगको आग्रह गरेका छन् ।

दोस्रो चरणमा मंसीर २१ गते उदयपुर सहित ४५ जिल्लामा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई परिवर्तन व्यवस्थानको संज्ञा दिदै सबैले आप्mनो सिप र शैली प्रयोग गरेर प्रयोगमा ल्याउन आग्रह गरे ।

उनले बस रोकिदा सबै एकैचोटी पोको परेर पस्नु भन्दा लाईनमा बसेर चढ्दा छिटो हुने उदाहरण दिदै सोही ढंगले निर्वाचन व्यवस्थापन गरिनुपर्ने तर्क राख्दै उनले राजनीतिक दललाई लोकतान्त्रिक विधी र पद्धतीमा चलिदिन आग्रह गरे । साथै लोकतान्त्रिक विधी र पद्धती अनुरुप नै व्यवस्थापनमा जुट्ने उनले बताए ।

सुरक्षा प्रमुखहरु, मिडिया, कर्मचारीलाई सक्रिय सहभागिता, सिप र शैलीको अधिकतम सदुपयोग आग्रह गर्दै सम्बोधन गर्न नसकेमा नयाँ आएकोले कमजोरी भएको ठानी सहयोग गरिदिन अनुरोध पनि उनले गरे । उनले पाएको फोरमलाई उपयोग गर्न अनुरोध गरे ।

निर्बाचन अधिकृतको कार्यालय खुलेकोमा सबैलाई शुभकामना व्यक्त गर्दै उनले सबैसंग निर्वाचनको माहौल बनाउन, निर्बाचनमय बनाई अगाडी बढ्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0