Thursday, December 5News That Matters
२० मंसिर २०८१, बिहीबार

के मेरो देशको कपुरी क रट्नु गलत थियो ?

रिना चामलिङ राई

-कपुरी क, खरायो ख भन्दै कुहिरोभित्रको धुले स्कुलमा गुरुले २/३ फिटको आफू जत्रो सिर्कोनोले हातमा हिर्काउदै, भत्किएको कालो पार्टीमा चन्दन जस्तो सेतो चकले धस्तै रटाएको कपुरी क र खरायो ख मेरो लागि वरदान भनौ या अभिसाप ?

सिगान पुच्दै तानमा बुनेको झोलामा भबिष्यामा ठुलो मान्छे बन्ने सपनाहरूलाई बोकेर बार–बार तारामण्डल देखिने स्कुलको छानोभित्र छरपस्ट भएका फर्निचरहरु, हात्तीछाप चप्पल बजाउदै पढेको अनि सिस्नो र ढिडोको डकारा गर्दै लिएको मेरो सपनाको शिक्षा साच्चै आज सपना मै सिमित भयो ।

पढेपछि जागीर खाइन्छ, ठुलो मान्छे भइन्छ भन्ने भनाइ आज मेरो लागि एकादेशको कथा जस्तै भएको छ । दोष कस्लाई दिउ ? जहाँ म जस्तो हजारौं युवाहरुको शिक्षा बिदेशी खाडिमा गैती र बेल्चामा ७०/८० सेल्सियस तापक्रममा बेचिएको छ । ५० देखि ६० लाख युवाहरुको शिक्षा केबल हरियो रंगले भरिएको राहदानी शिर्षकमा सिमित भयो । दिनानुदिन लाखौं नेपाली युवाहरु राहदानी सर्टीफिकेट बोकेर सयदेखि डेढसय बोक्ने हवाईजाहाजमा परदेश धाउछ्न् ।

के मेरो देशको कपुरी क, खरायो ख रट्नु गलत थियो ? के मेरो देशको युवाहरुको जन्मजात अर्काको देशको गुलामी बन्नु पर्छ भन्ने नेपाली पाठयक्रमा समाबेश गरिएको थियो र ? के नेपाली युवाहरू सदा अर्काको देशमा आफ्नो श्रम बेचेर आफू बेचिएर, पराईको आगन कुरेर देशको रेमिट्यान्स धानिदिनु पर्ने भनी संविधानको कुनै धारामा समेटिएको थियो र ? किन, मेरो शिक्षाले मेरै देशमा बसेर श्रम गरेर मेरो भोक पेट पाल्न सकिन ? किन, परिवारको खुशी फुलाउन सकिन ?

किनकि मेरो शिक्षाको गुणस्तर भन्दा त्यो हरियो रंगको एक हरप शिक्षाको सर्टिफिकेटको गुणस्तर प्रसस्त भयो । मेरो यो शिक्षा ग्रहण गर्नु रहर हैन बाध्यताको सिकार भएको हुँ । अझ पनि देशलाई सुन्दर र बिकासको बाटोमा डोर्‍याउने कैयौं युवाहरुको हक, हित अधिकारलाई समेटिएको छैन । देशको खम्बा भनिएका युवा लाई बलियो बनाउनु पर्ने अबस्थामा अझ कम्जोर र झिनो बनाउने मेरो शिक्षा कहिले परिवर्तन होला ? कहिले उदाउला ५०/६० लाख परदेशिएका युवाका मुहारमा सुनौलो बिहानी । कहिले निको होला त, यो भयानक भाइरल रोग जस्तै हरियो रंगको सर्टीफिकेट बोकेर लामा लस्कर सहित सानो झोलाभित्र खुसी र चाहानाहरु, परिवार र देशको माया चिरिप्प पारेर धकेलिएका नेपाली युवाहरुको भाइरल रोग ? कठै ! मेरो देशको असली सर्टिफिकेट यहि राहदानी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0