Wednesday, June 10News That Matters

कोठामै छाप्दै आएका नक्कली नोट सहित ५ जनालाई प्रहरीले पक्राउ गर्यो

पूर्णपुष्टि, मंसिर २
६५ हजार नक्कली नोट सहित प्रहरीले ५ जनालाई काठमाण्डौँ बाट पक्राउ गरेको छ । प्रहरीका अनुसार उनिहरुले कोठामै नक्कली नोट छाप्दै आएको खुलेको जनाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नं। ८ घर भई हाल गोकर्णेश्वर नगरपालिका वडा नं। ६ नारायणटार बस्ने ५६ वर्षीया गोमा श्रेष्ठ, ४१ वर्षीया पुष्पा थापामगर, रामेछाप शिरुवारी गाउँपालिका वडा नं।२ घर भई हाल बुढानिलकण्ठ नगरपालिका वडा नं।११ कपन बस्ने २६ वर्षीय समरोज थापामगर, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका(२ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका(१० मिलनचोक बस्ने १९ वर्षीय चिरन्जीवी जोती र सोही ठाउँका २३ वर्षीय सुजन जोती रहेका छन्।

उनिहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले मंगलबार बेलुका गोकर्णेश्वर नगरपालिका(७ बाट पाँच जनालाई पक्राउ गरेको हो। गोकर्णेश्वर(७ दक्षिणढोकामा केही मानिसहरूले नक्कली नोटको कारोबार गरिरहेको सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीले खोजी गर्दा गोमा श्रेष्ठलाई शंकास्पद अवस्थामा फेला पारेको थियो। उनको साथबाट एक सय थानका नक्कली नोटहरू बरामद भएका थिए। त्यो पैसा छोरी पुष्पा थापामगरबाट लिएको बताएपछि प्रहरीले उनको कोठामा प्रहरी पुगेको थियो।

कोठाको तलासी लिँदा ५००, १००० को नोट बनाउनको लागि प्रिन्ट गरी पैसाको आकारमा काटेर राखेको अवस्थामा नोटहरू बारामद भएको परिसरले जनाएको छ। सो कार्यमा चिरन्जीवी जोती र सुजन जोतीको समेत संलग्नता रहेको भन्ने खुलेपछि उनीहरूलाई पनि पक्राउ गरिएको बौद्धका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए। पुष्पाकै छोरा समरोज थापामगर बस्ने कोठामा रहेको रंगिन प्रिन्टबाट उक्त नक्कली नोटहरू प्रिन्ट गरी बनाउने गरेको खुलेको न्यौपानेले बताए। पक्राउ परेकालाई हिरासतमा राखेर अनुसन्धान थालिएको न्यौपानेले बताए ।