Thursday, June 18News That Matters

कोपा इटालियाको उपाधि इन्टर मिलानलाई

पूर्णपुष्टि, जेठ ११ । अर्जेन्टिनी खेलाडी लाउटारो मार्टीनेजको दूई गोल मद्दतमा इन्टर मिलानले कोपा इटालिको उपाधि जितेको छ । बुधबार राती स्टाडियो ओलम्पिको स्टेडियममा भएको फाईनल खेलमा फियोरेन्टिनामाथि १–२ को जित निकाल्दै ईन्टरले उपाधि हात पारेको हो ।

एक गोलले पछि परेको इन्टरले पुनरागमन गर्दै उपाधि चुमेको हो । खेल सुरु भएको तिन मिनेटमा नै निकोलस गोन्जालेजको गोलमा फियोरेन्टिना आग्रता लिएको थियो । तर २९ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका मार्टिनेजले ३७ औं मिनेटमा दोस्रो गोल गर्दै ईन्टरलाई जित दिलाएका हुन् ।

लगातार दुई सिजन कोपा इटालियाको उपाधि जितेको इन्टरको यो १५ औं उपाधि हो । यस जितेसँगै इन्टर सार्वाधिक कोपा इटालिया जित्ने तेस्रो स्थानमा उक्लेको छ । १४ पटक उपाधि जितेको छिमेकी एसी मिलानलाई पछि पार्दै इन्टर तेस्रो स्थानमा उक्लेको हो । २१ पटक उपाधि जितेको युभेन्ट्स पहिलो स्थानमा छ भने १७ औं पटक उपाधि जितेको रोमा दोस्रो स्थानमा छ ।