कोरियाली सिपलाई नेपालमा लागू गर्न जोड दिन्छौं : राजदुत सिक

पूर्णपुष्टि/उदयपुर, जेठ २४ गते 

-दक्षिण कोरियाली राजदुत पार्क योङ सिकले देश लोडसेटिङ मुक्त भएपछि मात्र व्यवसायहरु सफल हुने र देश समृद्ध हुने बताउनु भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको नवौं जिल्ला साधारण सभा तथा जिल्ला महिला उद्यमी भेलाको विहिबार गाईघाटमा उद््घाटन गर्दै राजदुत सिकले दुई/तीन वर्षपछि नेपाल लोडसेटिङ मुक्त हुनसक्ने सम्भावना देखेको र कृषि, वन, पर्यटन जस्ता समृद्धिसंग जोडिएका क्षेत्रको पनि विकास सम्भव देखेको बताउनुभयो । उदयपुरमा महिला उद्यमीहरुको संख्या उल्लेख्य देखेर सहयोगका लागि उत्साहित बनेका राजदुत सिकले लघु उद्यमको प्रचुर सम्भावना रहेको बताउनुभयो । भविष्यमा लघु तथा घरेलु उद्योग क्षेत्रको सम्भावना उदयपुर मात्र नभई सिंगो देशमै राम्रो रहेको उहाँले बताउनुभयो । जसले जिल्ला मात्र नभई सिंगो देशको समृद्धिमा टेवा पुग्ने बताउनुभयो ।

४० हजार बढि युवाहरु कोरियामा राजगारीमा रहेका र उहाँको सिप सिकेर नेपाल फर्किसकेको १० हजार बढि जनशक्तिलाई कोरियाली सिप नेपालमा लागू गराउन लागी पर्ने बचन दिनुभयो । “कोरियामा सीप सिकेर आएका जनशक्तिलाई नेपालमा लागु गर्न जोड दिनेछौं ।” उहाँले भन्नुभयो । अधिकांश नेपाली युवाहरु बैदेशिक रोगजारमा रहेको पाइएको भन्दै उहाँले सरकारको पाँच लाख युवालाई नेपालमै रोजगार दिने नीतिले स्वदेशमै रोजगारको वातावरण सिर्जना हुने बताउनुभयो ।

प्रतिनिधिसभा सांसद तथा पूर्व शहरी विकास मन्त्री डा. नारायण खड्काले विश्वको ११ औं तथा एसियाको चौथो धनी राष्ट्र दक्षीण कोरियाका राजदुत सिकको उदयपुर भ्रमण महत्वपूर्ण रहेको बताउनुभयो । नेपाल आएपछिको पूर्वकै पहिलो भ्रमण उदयपुरमा भएको भन्दै उहाँले समृद्धिका लागि द. कोरियाले नेपालसंग हातेमालोमा चाँसो दिएको बताउनुभयो ।

करिब ६० वर्षअघि चरम गरीबीमा रहेको सो देश अहिले शक्तिशालि र समृद्ध बन्नुमा लघु तथा घरेलु उद्यम क्षेत्रबाटै सम्भव रहेको बताउदै त्यहि साना उद्योगलाई मझौला हुदै ठूलठूला उद्योगधन्दाहरु सञ्चालन गरेर समृद्धशाली बनेको बताउनुभयो । नेपालले पनि सोही विकल्प अपनाउनु पर्ने बताउनुभयो । विगतमा खुकुरी, छालाको जुत्ता उद्योग जस्ता साना उद्योगहरुलाई पूजी तथा लगानीको सहुलीयत दिएर विस्तार गरेको भए आज देशको समृद्धिमा टेवा पुर्याउने अवस्था हुने उहाँले बताउनुभयो । स्थानीय तहमा ग्राम उद्योग सञ्चालनका लागि आएको बजेटलाई जनप्रतिनिधिहरुले सहिढंगले सदुपयोग र परिचालन गर्नसकेमा त्यस क्षेत्रको विकास सम्भव हुने बताउनुभयो ।

महासंघका केन्द्रिय अध्यक्ष श्यामप्रसाद गिरीले उद्यमीहरु पूँजी र पहुँचमा राज्यबाट पिडित रहेको बताउनुभयो । लघु उद्यम गरिबी निवारणसंग जोडिएकाले राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिदै उहाँले उदयपुरमा बाँस र जडिबुटिको सबैभन्दा ठूलो सम्भावना रहेको बताउनुभयो ।

लघु तथा घरेलु क्षेत्रका विशिष्ट व्यक्ति, जिल्ला तथा स्थानीय तहका प्रमुख, उपप्रमुख राजनीतिक दल लगायतको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा उदयपुरका उद्यमीहरुद्वारा स्थानीय उत्पादनका सामान, खाद्यान्न, परिकार आदिको प्रदर्शनसमेत रहेको थियो । महासंघ उदयपुरका अध्यक्ष मधुकर थापाको अध्यक्षतामा भएको उद्घाटनसत्र पछि बन्दशत्र बिहिबार नै बन्दसत्र पनि सञ्चालन हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0