
पूर्णपुष्टि, असार १८
आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराईरहेका एक शिशुको कोरोना संक्रमणबाट मृत्यु भएको छ । म्याग्दीको धौलागिरि नगरपालिका–४ का ४९ दिनका शिशुको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत असार ९ गते अस्पताल भर्ना भएका शिशुलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको र उनको हिजो मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।
