
फागुन, २८
चाइनिज सेन्टर्स अफ डिजिज् कन्ट्रोलको अध्ययनले पुरुषहरुको दाजोमा कोरोनाको संक्रमण महिलाहरुमा निकै कम हुने तथ्य निकालेको छ । कोरोनाबाट संक्रमित ४४ हजार व्यक्तिमा यो अध्ययन गरिएको थियो । तीमध्ये २.८ प्रतिशत पुरुष र १.७ प्रतिशत महिलाको मृत्यु भएको अध्यानले जनाएको छ ।
बच्चामा कम असरको कारण
सानो बच्चालाई कोरोना हुन्छ, किनभने फ्लू पनि पाँच वर्ष भन्दा कम उमेर (खासगरी दुईभन्दा कम)कालाई लाग्ने सम्भावना बढी हुन्छ । डाक्टर पनखनिया भन्छन ‘मान्छेमा उमेर बढ्दै जाँदा बढी बिरामी हुन्छन् । किनभने रोग प्रतिरोधी क्षमता घट्दै जान्छ । उमेर बढी भएकाहरुमा पहिलेदेखि नै कमजोर प्रतिरोधी क्षमता र गम्भीर आस्थ्माजस्ता रोग हुन्छन् । उनीहरुमा संक्रमण बढी पाइएको छ । तर, बच्चामा त्यस्तो हुँदैन ।’
एक वयस्क र बच्चाको प्रतिरक्षा प्रणालीमा महत्वपूर्ण अन्तर हुन्छ। बच्चामा प्रतिरक्षा प्रणाली अपरिपक्व हुन्छ। र, त्यसले धेरै प्रतिक्रिया गर्न सक्छ। त्यसैले बच्चामा ज्वरो आउनु सामान्य मानिन्छ।
प्रतिरक्षा प्रणाली अतिसक्रिय हुनु पनि ठीक मानिँदैन, किनकी यसले शरीरको बाँकी भागमा नोक्सान गर्छ। यो भाइरसले बच्चाको प्रतिरक्षा प्रणाली उत्तेजित गर्न सकेको देखिँदैन। तर, किन गर्न सक्दैन? त्यो भने स्पष्ट हुन सकेको छैन ।
महिलामा संक्रमण कम हुनुको कारण
फ्लूलगायत अन्य संक्रमणमा पनि महिला कम संक्रमित भएको पाइन्छ । यसको कारण जीवनशैली हो । पुरुषको तुलनामा महिलाको जीवनशैली अनुशासित हुन्छ ।
उनीहरुको जीवनमा धुम्रपान र मदिराको प्रयोग न्यून हुन्छ । डा म्याकडरमेट भन्छन् ‘धुम्रपानले तपाईंको फोक्सोलाई नोक्सान र्पुयाइरहेको हुन्छ । त्यसबाट भाइरसलाई संक्रमण गर्न सहज हुन्छ ।
चीनमा ५२ प्रतिशत पुरुष धुम्रपान गर्छन् भने जम्मा ३ प्रतिशत महिला धुम्रपान गर्छन्। तर, पुरुष र महिलाको प्रतिरक्षा प्रणाली संक्रमणलाई लिएर कसरी प्रतिक्रिया जनाउँछ, यसले पनि अर्थ राख्छ ।
युनिभर्सिटी अफ इस्ट एंगलियाका प्रोफेसर पल हन्टका अनुसार महिलाको आन्तरिक रुपमा पुरुषभन्दा फरक प्रतिरक्षा प्रतिक्रिया हुन्छ। महिलालाई अटोइम्युन डिजिज (प्रतिरक्षा प्रणाली अति सक्रिय हुँदा उत्पन्न हुने रोग) हुने खतरा बढी हुन्छ ।
संक्रमणसँग लड्ने शक्ति
युनिभर्सिटी अफ एक्सटरका डाक्टर भरत पनखनिया भन्छन्, ‘सामान्यतया जुनसुकै नयाँ भाइरस आएपनि सबैलाई संक्रमित बनाउँछ नै। कतिमा यससँग लड्नका लागि प्रतिरोधक क्षमता बढी हुन्छ भने कतिमा हुँदैन ।
जबकी कुनै भाइरस फैलन सुरु हुन्छ भने बच्चा त्यसबाट कम संक्रमित हुन्छन्, किन? किंग्स कलेज लन्डनका डाक्टर नथालिए म्याकडरमेटका अनुसार बच्चामा संक्रमण कम हुनुको पछाडि आमाबुवाले उनीहरुलाई सुरक्षित राख्ने कोशिस गर्नु पनि हो ।
