
सुनसरी फाल्गुन,२८
नहरमा हाम फालेर एक भारतीय बालिकाको मंगलबार मृत्यु भएको छ । भारत मोतिहारी जिल्ला घर भई बराहक्षेत्र(१ मामा घर बस्दै आएकी १६ बर्षीय काजल साह मृत अवस्थामा फेला परेकी हुन् ।
मामा सन्तोष शाह को घरमा बस्दै आएकी काजल हिजो बिहान पौने ११ बजे चतरा नहरमा हाम फाल्दा मृत्यु भएको हो । घटना लगत्तै प्रहरीलाई खबर प्राप्त भएको अनुसार इलाका प्रहरी कार्यलय चताराले स्थानीयहरुको सहयोगमा खोजी कार्य राखेका थिए ।
खोजी कार्यको क्रममा दिउँसो साढे २ बजे चतारा नहरमा काजलको शव फेला परेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । घटनाको अनुसन्धान तथा कानुनी कार्वाही बारे प्रहरीले छानविन गर्ने जनाएको छ ।
यो पनि पढ्नुहोस
झापा दमक ९ का ६१ बर्षीय उम बहादुर मगरको अटो दुर्घटनामा परी मृत्यु भएको छ । हिजो बेलुका पौने ९ बजे दमक ५ हरीओम कोलेनी छेउ भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको मे १ ह ६५४४ नम्बरको अटो आफै अनियन्त्रीत भई दुर्घट्ना हुदा अटोमा सवार रहेका मगर घाईते भई लाईफ लाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अटो र अटो चालक दमक २ का दिप मगर ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
