Friday, May 22News That Matters

कोरोनाबाट आज थप ४ जनाको मृत्यु

पूर्णपुष्टि, साउन २९

नेपालमा आज थप चार जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप चार जनाको कोरोना संक्रमणबाट मृत्यु भए छ । महोत्तरी, धनुषा, अछाम र मोरङ जिल्लामा एक÷एक जना गरी चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरकी ८५ वर्षीया महिलाको साउन २८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै अछामको रामारोशन गाउँपालिका–५ का १८ वर्षीय किशोरको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो । उनी मुटुरोगबाट ग्रसित थिए । त्यस्तै मोरङको विराटनगर महानगरपालिका–३ का ५७ वर्षीय पुरुषको साउन २८ गते कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी मधुमेह र उच्च रक्तचापबाट ग्रसित थिए ।

त्यस्तै महोत्तरीको मटिहानी नगरपालिका–६ का ४५ वर्षीय पुरुषको साउन २५ गते मृत्यु भएको थियो । उनी क्षयरोग र मधुमेहका ग्रसित थिए । उनको राज जानकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट ७३ जना पुरुष र २२ जना महिला गरी ९५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।