Tuesday, June 9News That Matters

कोरोनाबाट एकैदिनमा ८१ हजार सङ्क्रमित, ४६९ जनाको मृत्यु

भारत । भारतमा कोरोना भाइरसबाट एकै दिनमा थप ८१ हजार ४६६ जना सङ्क्रमित भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाकै कारण ४६९ जनाको मृत्यु भएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक करोड २३ लाख तीन हजार १३१ पुगेको छ ।