Monday, June 29News That Matters

कोरोनाबाट थप २ जनाको मृत्यु

पूर्णपुष्टि, असार ११

नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । योसँगे मृत्यु हुनेको सख्ंया २६ पुगेको छ ।

पोखराको फेवासिटी अस्पतालमा उपचार गराइरहेका स्याङ्जाको आँधिखोलाका गाउँपालिकाका एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर थियो ।

उनको उपचारको क्रममा गतराति मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका महालक्ष्मी नगरपालिका–५ का एक पुरुषको पनि कोरोनाबाट मृत्यु भएको मन्त्रलायले जनाएको छ ।