
पूर्णपुष्टि, चैत १९ ।
१ नं. प्रदेश अन्तर्गत धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस परिक्षण हुन थालेपछि रिपोर्ट छिटो आउन थालेको छ । त्यहाँ प्रयोगशाला स्थापनापछि आजै १२ जनाको रिपोर्ट आएको छ । योसंगै १ नं. प्रदेशमा ४२ जनाको रिपोर्ट आएको छ । ती सबै रिपोर्ट नेगेटिभ आएको छ ।
जम्मा ५४ जनाको कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएकोमा ४२ जनाको रिपोर्ट आएको हो । ४२ मध्ये हिजो ३० जनाको रिपोर्ट नेगेटिभ आइसकेको हो । अन्य १२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
प्रदेशका विभिन्न अस्पतालबाट ५४ जनाको स्वाब संकलन गरिएको थियो । कोरोना भाइरसको परिक्षण गर्दा ४२ जनाको रिपोर्ट नेगेटिभ आएकाो प्रदेश सामाजिक विकास मञ्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिनुभएको छ ।
४२ जना मध्ये सापाका ५, मोरङको ९, सुनसरीको २५, धनकुटाको १, तेह्रथुमको २, संखुवासभाको १, भोजपुरको २, सोलुखुम्बुको २, उदयपुरको ४ र पाँचथरको ३ जनाको स्वाब परिक्षण भई रिपोर्ट नेगेटिभ आएको हो ।
