
पूर्णपुष्टि, चैत १९ ।
कोरोना भाइरसको निरन्तर खबर अपडेटको क्रममा अहिलेसम्म १ नं. प्रदेशमा सुखद खबर नै रहेको छ । अहिलेसम्म भाइरस संक्रमित नभेटिएको सुखद खबर रहेपनि संक्रमितको आशंका अझै रहेकाले ढुक्क हुने स्थिति छैन । ढुक्क हुने भन्दा सतर्कता अपाउनु पर्ने आवश्यकता नै रहेको छ अझपनि ।
१ नं. प्रदेश सरकार, सामाजिक विकास मञ्त्रालयका प्रवक्ता डा. सुरेश मेहतालाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले जनाए अन’सार हालसम्म १ नंं प्रदेशबाट कोराना भाइरस (कोभिड ं१९) को आशंकामा नमुना संकलन गरिएका ३० जनाको रिपोर्ट नेगेटिभ आएको छ । अर्थात ती तीस जनामा कोरोना भाइरसको संक्रमण देखिएको छैन । अन्य १६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । यस अवधिमा १० महिलासहित ४६ जनाको नमुना संकलन गरिएको हो ।
प्रवक्ता डा. मेहताका अनुसार सुनसरीबाट २५ जना, झापाबाट ५ जना, मोरङगबाट ७ जना, धनकुटाबाट १ जना, र्तेहथुमबाट २ जना, सोलुखुम्वुबाट २ जना, उदयपुरबाट १ जना र पाँचथरबाट ३ जनाको नमुना संकलन गरिएको हो ।
