
पूर्णपुष्टि, बैशाख ३० गते ।
रुसको एक कोरोना भाईरस (कोभिड–१९) अस्पतालमा आगलागी हुदा करिब पाँच जनाको मृत्यु भएको छ । सेन्ट पिटर्सबर्ग शहरमा अवस्थित कोभिड–१९ अस्पतालमा आगलागी हुँदा करिब पाँच जनाको मृत्यु भएको हो ।
अस्पतालबाट अहिलेसम्म करिब एक सय ५० जनालाई सुरक्षित निकालेको जनाईएको छ । घटनामा कति जना घाइते भएका छन् भन्नेबारेमा एकिन भईनसकेको जनाईएको छ ।
भेन्टिलेटरमा शर्ट सर्किट हुँदा आगलागी भएको संचारमाध्यमहरुले जनाएको छ । मृत्यु हुनेहरु सवै भेन्टिलेटरमा राखिएका बिरामी भएको जनाईएको छ ।
कोरोना भाइरस संक्रमणको महामारीको विचमा अर्काे दुःखद घटना घटेको हो ।
