Friday, June 12News That Matters

कोरोना उपचारको लागि जिल्लालाई वल्र्डभिजनले २५ लाख बराबरको अक्सिजन सहितको सामाग्री सहयोग गर्यो

पूर्णपुष्टि, जेष्ठ १२

वल्र्डभिजन इन्टरनेशनल नेपालले जिल्ला कोरोना संकट व्यवस्थापन समितिलाई २५ लाख बराबरको अक्सिजन सहितको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नयाँ भेरियन्ट सहितको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि वल्र्डभिजन इन्टरनेशनल नेपालले समितिलाई स्वास्थ्य बुधबार समाग्रीहरु सहयोग गरेको हो ।

संस्थाले जिल्ला प्रशासन कार्यालयमै पुगेर सामाग्री प्रदान गरेको छ । सामाग्री सहयोग कार्याक्रमलाई जाल्पा एकिकृत विकास समाज (जिड्स) उदयपुर र हुरेण्डेकले समन्वय तथा आवश्यकीय भौतिक सहयोगहरु गरेको छ । यी दुवै वल्र्डभिजनको साझेदरी संस्था पनि हो ।

संस्थाले अक्सिजन सिलिण्डर– ७० वटा, पल्स ओक्सिमिटर– ७० वटा, थर्मल टेम्प्रेचर– ७० वटा, पि.पि.ई. सेट– ७० वटा, अक्सिजन कन्सन्ट्रेटर – १ वटा, सर्जिकल माक्स–१२ पाकेट, मास्क एन ९५– ७२ वटा, स्यानीटाईजर– ५ लि.प्याक, सोप लिक्विड (हयाण्ड वास)– १२ वटा प्रदान गरेको छ ।

सामाग्री वितरणमा जिल्ला समन्वय प्रमुख खड्ग परियार, प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाई लगायत अन्य बिभिन्न सम्बनिधत निकायहरु सुरक्षाकर्मी, संञ्चारकर्मी, स्वास्थयकर्मी, संघसंस्था हरुको सहभागी थियो ।