
माघ ८ गते ।
चिनमा फैलिएको कोरोना भाईरसबाट अमेरीकामा पनि छ जनाको मृत्यु भएको छ । सिएटल शहरमा कोरोना भाइरको घटना पहिलो पटक दर्ता भएको अमेरीकाले जनाएको छ ।
अमेरीकामा कोरोना भाईरसको संक्रमणबाट मृत्यु हुनेको उमेर ३० देखि ३५ रहेको छ भने उनीहरु चीनको वुहानबाट अमेरिका आएको अधिकारीहरुले बताएका छन् ।
भाईरसको प्रकोपलाई विश्व स्वास्थ्य सङ्गठनले गम्भीरताकासाथ हेर्दै आपतकालीन बैठक बोलाएको छ ।
यसअघि जापान, थाइल्याण्ड र दक्षिण कोरियामा पनि यो भाइरसको सङ्क्रमण देखिएको अधिकारीले जनाएका थिए । यो भाइरस मानिसबाट मानिसमा पनि सर्न सक्ने चिकित्सकहरुले बताएका छन् ।
