Wednesday, May 27News That Matters

लागुऔषध सहित ३ जना पक्राउ

झापा, माघ ८ गते ।

झापाको विर्तामोडबाट लागु औषधसहित तीन जना पक्राउ परेका छन् । विर्तामोड नगरपालिका–३ को एक होटलबाट ब्राउन सुगर सहित मंगलबार पक्राउ परेका हुन् ।

होटलबाट मेची नगरपालिका–१३ निबासी २१ वर्षीया रोषनी तामाङ, २३ वर्षीय विवेक तामलिङ सुब्बा र सिन्धुपाल्चोकका २० वर्षीय राजेन्द्र शिवाकोटीको साथबाट १६ ग्राम ब्राउन सुगरसहित मंगलबार दिउँसो ३ बजे पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनामाथी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।