
उदयपुर, माघ ८ गते ।
उदयपुरमा सशस्त्र प्रहरीले ठूलो परिणाममा अवैध लागुऔषध बरामद गरेको छ । उदयपुरगढी गाउँपालिका–७ कोलटे स्थित उदयपुर र सप्तरी जिल्लाको सिमानाबाट ५० केजी गाँजा बरामद गरेको हो ।
प्रहरीले बुधबार पत्रकार सम्मेलन गर्दै गतराती करिब २ बजे बरामद गरेको दुई बोराका ५० केजी गाँजा सार्वजनिक गरेको थियो । उदयपुरबाट सप्तरी तर्फ अवैध रुपमा गाँजा ओसारपासार गरिरहेको भन्ने विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी टोलीले जंगलबाट बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ५ न. गण उदयपुरका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक (एसपी) गाहरधन राईले बताए ।
ओसार पसार गर्दै गरेका चार पाँच जनाको समूहले प्रहरीलाई देखेपछि बोकी राखेको गाँजा छोडेर भागेको प्रहरीले जनाएको छ । पछिल्लो समय सशस्त्र प्रहरीको सक्रियतामा ठूलो परिणाममा लागुऔषध बरामद गर्दै आएको छ ।
