Wednesday, May 27News That Matters

कोरोना भाईरसको प्रकोप बढ्दो, अमेरिकामा ६ जनाको मृत्यु

माघ ८ गते । 

चिनमा फैलिएको कोरोना भाईरसबाट अमेरीकामा पनि छ जनाको मृत्यु भएको छ । सिएटल शहरमा कोरोना भाइरको घटना पहिलो पटक दर्ता भएको अमेरीकाले जनाएको छ ।

अमेरीकामा कोरोना भाईरसको संक्रमणबाट मृत्यु हुनेको उमेर ३० देखि ३५ रहेको छ  भने उनीहरु चीनको वुहानबाट अमेरिका आएको अधिकारीहरुले बताएका छन् ।

भाईरसको प्रकोपलाई विश्व स्वास्थ्य सङ्गठनले गम्भीरताकासाथ हेर्दै आपतकालीन बैठक बोलाएको छ ।

यसअघि जापान, थाइल्याण्ड र दक्षिण कोरियामा पनि यो भाइरसको सङ्क्रमण देखिएको अधिकारीले जनाएका थिए ।  यो भाइरस मानिसबाट मानिसमा पनि सर्न सक्ने चिकित्सकहरुले बताएका छन् ।