Wednesday, May 27News That Matters

कोरोना भाईरस रोक्न सरोकारवालासँग परामर्श

उदयपुर, चैत ४ गते ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) रोक्नको लागी सरोकारवालाहरुको विचमा परामर्श कार्यशाला गरेको छ । जिल्ला विपद व्यवस्थापन समितिले उदयपुरको आयोजनामा नेपाल रेडक्रश सोसाईटी उदयपुर शाखाको सहयोगमा मंगलबार सरोकारवालाहरुसँग परामर्श कार्यशाला गरेको हो ।

कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि जिल्लामा उच्च सतकर्ताका साथ एसईई परीक्षामा समेत उच्च सर्तकता अपनाउने प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्काले बताए । कोरोना भाईरसको निहुमा कुनै पनि अति आवश्यक सामाग्रीको कृतिम अभाव सृजना (कालोबजारी) गरे प्रशासन कार्वाही गर्ने उनले बताए ।

कार्यक्रममा कोरोना भाईरस संक्रमणको सतकर्ताका लागि रेडक्रसले गरेको पहल र कार्यको जानकारी नेपाल रेडक्रस सोसाईटी उदयपुरका सभापती विनोदकुमार बस्नेतले प्रस्तुत गरेको थियो ।  स्थानिय स्तरसम्म पुगेर थप जनचेतना फैलाउनु पर्ने उनले बताए ।

साहयक प्रमुख जिल्ला अधिकारीले १ न. प्रदेश सरकारले कोरोना भाईरसको सतकर्ताको लागि अपनाईएका योजनाको बिषयमा जानकारी गराएको थियो ।

फोटो फिचर