Wednesday, May 27News That Matters

आगलागीबाट साढे १७ लाख बराबरको क्षती

खोटाङ, चैत्र ५ गते ।

खोटाङ हलेसी हात्तिटारमा आगलागीबाट तीन घर जलेर नष्ट हुदा करिब साढे १७ लाख बराबरको क्षती भएको छ । स्थानीय लोकेन्द्र माझिको घरमा अचानक लागेको आगो छिमेकी सिता माझी र झनबहादुर थापाको घर जलेर नष्ट हुदा १७ लाख ३५ हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

घर, सनुका गरगहना, धनमाल, अन्नपात जलेर नष्ट हुदा उक्त रकम बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।