Wednesday, May 27News That Matters

किराना पसल जल्दा ४ लाखको क्षती

मोरङ, चैत्र ५ गते ।

मोरङको बुढीगंगामा किराना पसलमा आगलागी हुदा चार लाख बराबरको क्षती भएको छ । बुढीगंगा–१ पुष्पलाल चोक निबासी भवनाथ धमलाको घरमा रहेको  किराना पसल जलेर नष्ट हुदा उक्त रकम बराबरको क्षती भएको हो ।

किराना पसलमा विजुलीको लाईन सट भई आगलागी हुदा पसलमा भएका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।