
झापा,चैत्र ५ गते ।
झापा कमलमा आगलागीबाट तीन घर जलेर नष्ट भएको छ । कमल गाउँपालिका–५ निबासी धनबहादुर बिकको घरमा बिजुली सर्ट भई आगलागी हुदा छिमेकीको दुई घर जलेर नष्ट भएको हो ।
धनबहादुरको घरबाट लागेको आगो फैलिएर छिमेकी सन्तोष बिक र सुजन विकको घरमा आगलागी हुदा ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दमकल र स्थानीयको सहयोगमा तीन वटै घरको आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
