Wednesday, May 20News That Matters

सुनको भाउ बढ्यो

पूर्णपुष्टि, चैत ५ गते । 

आज सुनको भाउ बढेको छ । बुधबार सुन तोलाको एक हजार रुपैयाँले बढेको हो ।

सुन बढेर तोलाको ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो एकैदिन सुन तोलामा दुई हजार रुपैयाँ घटेर सुन तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ घटबढ भएको छैन । चाँदी तोलाको सात सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।