Wednesday, May 20News That Matters

१ सय ६४ देशमा कोरोना भाइरस पैmलियो

पूर्णपुष्टि, चैत ५ गते ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) एक सय ६५ देशमा फैलिएको छ । चिनमा भाईरसको संक्रमण नियन्त्रण हुदै गर्दा बाहिरी देशहरुमा तिब्र रुपले फैलिरहेको हो ।

पछिल्लो २४ घण्टा भित्र चीनमा कसैलाई पनि भाईरसको सक्रमित देखा परेको छैन भने मृत्यु हुनेको संख्या पनि नबढेको संचारमाध्यमहरुले जनाएको छ ।

भाईरसको कारण चीनमा अहिलेसम्म तीन हजार दुई सय २६ जनाको मृत्यु भएको छ । भाईरसको संक्रमण देखिएका ८० हजार आठ सय १ मध्ये ६ हजार सात सय २४ जना उपचारपछि घर फर्किएका छन् । उपचार गराइरहेका आठ हजार ९ सय ३१ जनामध्ये तीन हजार दुई सय २६ जनाको अवस्था गम्भीर रहेको जनाईएको छ ।

पछिल्लो २४ घण्टामा चिनबाहिर आठ सय तीन जनाको मृत्यु भईसकेको छ भने १५ हजार सात सय ४० जना नयाँ सक्रमित फेला परेको छ ।