Sunday, June 21News That Matters

कोरोना मुक्त भएको आमाबाट जन्मिएको शिशुमा संक्रमण पुष्टि

पूर्णपुष्टि, जेष्ठ १६

कोरोना मुक्त भएका भारतीय एक महिलाले जन्माएको शिशुमा संक्रमण पुष्टि भएको छ । २६ वर्षीय आमाको कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएको थियो, भने जन्मनासाथ शिशुमा कोरोनाको संक्रमण देखिएको हो  ।

उक्त महिलालाई २४ मेइमा बनारस हिन्दू विश्वविद्यालयको एसएसएल अस्पतालमा भर्ती गरिएको थियो । २५ मेइमा महिलाले एक बालिकालाई जन्माइन् । लगत्तै ती शिशुको कोरोना परीक्षण गरियो । आमाको रिपोर्ट नेगेटिभ भएपनि शिशुको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखियो ।

यस घटनाले चिकित्सक र परिवारलाई स्तब्ध भएको छ । अस्पतालले केही दिनभित्र फेरि दुबैको कोभिड परीक्षण गर्ने जनाएको छ । एसएसएल अस्पतालकाअनुसार यो कुनै असामान्य घटना भने नभएको जनाएको छ ।

आरटी पिसिआर परीक्षणको एक्युरेसी ७० प्रतिशतसम्म थियो । महिलाको नमूना त्यस संवेदनशीलताभन्दा माथि हुनसक्छ । त्यसैकारण महिलाको कोभिड परीक्षण फेरि गरिन्छ । अहिले आमा र नवजात शिशु दुबैको अवस्था ठिक रहेको र उनीहरु दुबै स्वस्थ रहेको अस्पतालले जनाएको छ ।