Friday, May 22News That Matters

कोरोना विरुद्ध निर्णायक काम गर्न नसके भयानक अवस्था आउन सक्छ : डब्ल्यूएचओ

पूर्णपुष्टि, असार ३०

कोरोना भाइरस विरुद्ध निर्णायक काम गर्न नसके भयानक अवस्था आउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ ।

विभिन्न देश गलत दिशामा अघि बढिरहेको भन्दै कोरोना भाइरस विरुद्ध निर्णायक काम गर्न नसके भयानक अवस्था आउन सक्ने संगठनका निर्देशक डाक्टर टेड्रोज अद्हानोम गेब्रिसियसले चेतावनी दिनुभएको हो । उहाँले नेताहरुका मिश्रित सन्देशले विभिन्न देशका नागरिक अलमलमा परेका पनि दावी गर्नुभयो ।

कोरोना भाइरस शत्रुका रुपमा भए पनि विभिन्न देशका सरकार र सर्वसाधारणले गरेको हेलचेक्राईंले यो नदेखाएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । यस्तै सावधानी नअपनाइएका देशमा कोरोनाको सङ्क्रमण बढिरहेको पनि बताउनुभयो ।

कोरोना फैलिन नदिन व्यक्तिगत दूरी, हात धोइरहनु र मास्क लगाउनु अनिवार्य भए पनि धेरै देशका सरकार र नागरिकले यसलाई बेवास्ता गरेको उहाँले बताउनुभयो । अमेरिकी देशहरु अझै पनि कोरोना सङ्क्रमणको केन्द्रमा रहेको बताउनुभयो ।