
पूर्णपुष्टि, कात्तिक २५
अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरस नियन्त्रणको प्रयासका लागि टास्क फोर्स घोषणा गर्नु भएको छ ।
१३ सदस्यीय टास्क फोर्स गठनको घोषणासँगै बाईडेनले महामारीलाई नियन्त्रण गर्न विज्ञान र विशेषज्ञको कुरालाई मान्ने बताएको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ ।
कोरोना महामारीलाई नियन्त्रण गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बाईडेनले बताउँदै आउनु भएको छ । त्यस्तै, बाइडेनले आफ्नो जीवन रक्षाका लागि मास्क लगाउन पनि आग्रह गर्नु भएको छ । तीव्र गतिमा कोरोना भाइरसको महामारी फैलिरहेकाले मास्कको प्रयोग गर्न उहाँले अनुरोध गर्नु भएको हो ।
बाइडेनले अझै खराब अवस्था आउन सक्ने सम्भावना रहेकाले सचेत हुन आग्रह गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । कोरोना महामारीसँग जुध्न र कोरोना विरुद्धको खोप खोजीका ठूलो चुनौती रहेको जनाईएको छ । अमेरिका कोरोना भाइरसको महामारीबाट सबैभन्दा धेरै प्रभावित भएको देश हो ।
अमेरिकामा अहिलेसम्म एक करोड ४२ लाखभन्दा धेरैलाई संक्रमण भएको छ । ६५ लाखभन्दा धेरै निको भएका छन् भने दुई लाख ४४ हजारभन्दा धेरैको मृत्यु भएको छ ।
