
पुर्णपुष्टि, भदौ २०
कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको ज्यान गएको छ । अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारको क्रममा गएराति साढे ११ बजे पकाहामैनपुर गाउँपालिका–२ पर्साका ७५ वर्षीय पुरुषको ज्यान गएको अस्पतालले जनाएको छ ।
उनलाई कोरोना संक्रमण पुष्टि भएपछि भदौ ५ गते अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको थियो । उनको फोक्सोको दुवैतर्फ कडा कोभिड निमोनिया देखिएको थियो ।
स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अवस्थामा अचानक स्वास फेर्न गाह्रो भएकोे र उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
योसँगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
