Tuesday, April 28News That Matters

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

पूर्णपुष्टि, साउन २१

नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पर्सामा गत सोमबार मृत्यु भएको १८ वर्षीय युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएका युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको जनाईएको छ । उनलाई पखाला लागेको थियो । अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।

मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको जनाईएको छ ।

ती युवतीको घर पोखरिया–८ जगतपुर हो । तर उनी पोखरिया–९ स्थित मामा घरमा बस्दै आएकी खुल्न आएको छ ।

योसँगै कोरोना संक्रमणबाट पर्सामा १३ जनाको मृत्यु भएको छ ।