
पूर्णपुष्टि, भदौ ३
पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचार गराईरहेको विर्ताका ८६ वर्षीय पुरुषको गतराति मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनको स्वाब साउन २३ गते सङ्कलन गरिएको थियो । २६ गते आएको रिपोर्टमा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती वृद्धको कोभिड निमोनियाको उपचार गराउदै गर्दा ज्यान गएको जनाईएको छ ।
