
पूर्णपुष्टि, भदौ १३
ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको छ । गत साउन ३० गतेदेखि उपचाररत काठमाण्डौकी ५१ वर्षीया कोरोना सङ्क्रमित महिलाको गतराति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
त्यस्तै यहि भदौ ८ गतेदेखि उपचाररत भक्तपुरका ६२ वर्षीया महिला सङ्क्रमितको पनि आज बिहान मृत्यु भएको कार्यालयले जनाएको छ ।

